सत्ता गठबन्धन परिवर्तनको साइड इफेक्ट- चीनले आपत्ति जनाएको लुम्बिनी शिखर सम्मेलन स्थगित – Nepal Press

सत्ता गठबन्धन परिवर्तनको साइड इफेक्ट- चीनले आपत्ति जनाएको लुम्बिनी शिखर सम्मेलन स्थगित

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले फागुन २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन स्थगित भएको छ ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि प्रदेशले आयोजना गर्न लागेको बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन स्थगित भएको हो ।

यो सम्मेलनको प्रदेशको प्रमुख विपक्षी दल नेकपा एमाले र माओवादीले मुख्यमन्त्री डिल्ली चौधरीले एकल ढंगले अगाडि बढाएको र लुम्बिनी जस्तो पवित्र स्थलमा विवादित गैरसरकारी संस्थाको नाममा शिखर सम्मेलन गर्न दिएर छिमेकी देशलाई चिढाएको भन्दै विरोध गर्दै आएका थिए ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलन स्थगितसम्बन्धी औपचारिक निर्णय गर्न मङ्गलवार ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले सम्मेलन स्थगितसम्बन्धी मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गर्न लागेको बताए ।

प्रदेश सरकारको असोज १८ गतेको निर्णय र संघीय सरकारको कात्तिक २ गतेको निर्णय अनुसार लुम्बिनी प्रदेश सरकारले यो सम्मेलन’ गर्न लागेको थियो ।

सम्मेलनमा सम्मेलनमा १० जना नोबेल पुरस्कार विजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्व प्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको थियो ।

मुख्यमन्त्री चौधरी र गृहमन्त्री सन्तोष पाण्डेय यसैका लागि प्रधानमन्त्रीसहितको नेतृत्वका लागि कुरा गर्न सोमबार दिनभर काठमाडौँ बसे पनि निराश भएर फर्केका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर