मावा खोलामा अवैध उत्खनन्- कर्मचारीलाई सफाइ, ठेकेदारलाई साढे ३ करोड असुल र कैदको फेसला – Nepal Press

मावा खोलामा अवैध उत्खनन्- कर्मचारीलाई सफाइ, ठेकेदारलाई साढे ३ करोड असुल र कैदको फेसला

काठमाडौं । झापा र मोरङको सीमामा पर्ने मावा खोलामा अवैध उत्खनन् गरेको भन्दै परेको मुद्दामा सरकारी कर्मचारीले सफाइ पाएका छन् । उक्त अभियोगमा ठेकेदार दोषी ठहरिएका छन् ।

दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र कार्की र मोरङको मिक्लाजुङ गाउँपालिकाका सब इन्जिनियर विवेक कार्कीले सफाइ पाएका हुन् । ठेकेदार कम्पनी किसन एन्ड विल्डर्स प्रालिका सञ्चालक पशुपति उप्रेती र उनका प्रतिनिधि निशम कार्कीलाई जनही एक करोड ७२ लाख ५ हजार ६ सय ४४ रूपैयाँ असुल हुने फैसला भएको छ । दुवैलाई एक वर्ष ६ महिना कैद सजाय पनि तोकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १४ गते विशेष अदालतमा ३ करोड ४४ लाख ११ हजार २ सय ८८ रूपैयाँ २५ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । ठेकेदारले अनुमति पाएभन्दा बढी उत्खनन् गरेको आरोप लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर