झलनाथलाई प्रश्न- तपाईंहरूलाई प्रचण्डले पटक पटक धोका दिँदै ‘बाइपास’ गरेको देखियो नि ! (भिडिओ) – Nepal Press

झलनाथलाई प्रश्न- तपाईंहरूलाई प्रचण्डले पटक पटक धोका दिँदै ‘बाइपास’ गरेको देखियो नि ! (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ गठबन्धनप्रति टीकाटिप्पणी नगर्ने बताएका छन् ।

प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन टुटाएर नयाँ बनाएपछि तपाईंहरुलाई त प्रचण्डले पटक पटक धोका दिँदै बाइपास गरेको देखियो नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘हामी अहिले कसैको पनि धेरै टीकाटिप्पणी गर्दैनौं ।’

उनले आफ्नो पार्टी स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न क्रान्तिकारी भएकाले नेपालको समाजवादी क्रान्ति र रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यो लाग्ने क्रममा अन्य वामपन्थी साथीहरु पनि साझा कार्यक्रम र नीतिहरुमा एकता गरेर जाने स्थिति बन्यो भने हामी खुला छौं । तर, अहिले आफ्नो पार्टीलाई सुदृढ बनाउन लागिरहेका छौं ।’

उनले पुरानो गठबन्धन टुटिसकेकाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु बिदा भएर आउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर