लिखित सहमतिमा हस्ताक्षर नगरी नवगठबन्धन बैठक सकियो, नेताहरू शपथग्रहण समारोहतिर

२०८० फागुन २१ गते १७:१९

काठमाडौं । आज बसेको नयाँ सत्ता गठबन्धनको दोस्रो बैठक बालुवाटारमा सकिएको छ । नेताहरू शपथग्रहण समारोहका लागि शीतलनिवासतिर लागेका छन् ।
दलीय भागबन्डालाई प्याकेजमा टुंग्याएर लिखित सहमति गर्ने भन्दै बैठक बसेको थियो । तर, लिखित सहमति हस्ताक्षर हुन बाँकी एक नेताले बताए । शपथ ग्रहणपछि फेरि बैठक बस्ने/नबस्नेबारे केही बताइएको छैन ।
आज एमाले, माओवादी र रास्वपाबाट एक-एकजनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ ।
प्रतिक्रिया