कैदीहरुलाई सेनामा भर्ती गरेर युद्धमा पठाउन युक्रेनी कानूनमन्त्रीको माग – Nepal Press

कैदीहरुलाई सेनामा भर्ती गरेर युद्धमा पठाउन युक्रेनी कानूनमन्त्रीको माग

काठमाडौं । युक्रेनका कानूनमन्त्रीले जेलमा रहेका कैदीहरुलाई सैनिक बनाएर युद्ध मैदानमा पठाउन माग गरेका छन् । युक्रेनका स्थानीय मिडियाहरुसँग कुराकानी गर्दै कानूनमन्त्री डेनिस माल्युस्काले यस्तो बताएका हुन् ।

उनले हिंसात्मक अपराधका कैदीहरुलाई पनि रुससँगको युद्धको अग्र मोर्चामा लान सकिने तर्क गर्दै आएको रुसी विश्व मिडिया आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार सन् २०१९ बाट कार्यभार सम्हालेका उनी सेनाको सुधारमा बोलिरहेका छन् । उनका मागहरुमा अपराध सजाय पाइसकेकादेखि जेलमा भएका अपराधीहरुसम्मलाई सेनामा प्रवेश दिनुपर्ने बताउँदै आएका छन् ।

जेलमा बसेका अपराधमा सजाय पाएका र पाइसकेकाहरु पनि देशभक्त भएको भन्दै कानूनमन्त्रीले उनको माग सम्बोधन गर्न सांसदहरुलाई नयाँ कानून बनाउन माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर