प्याकेजमै डिल गर्नुपर्ने जसपाको डिमान्ड, मधेश सरकारको निरन्तरता बटमलाइन – Nepal Press

प्याकेजमै डिल गर्नुपर्ने जसपाको डिमान्ड, मधेश सरकारको निरन्तरता बटमलाइन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले नयाँ सत्ता गठबन्धनमा प्याकेजमै भाग खोजेको छ । जसपाले मधेस सरकारको नेतृत्व निरन्तर पाउने सुनिश्चित नभएसम्म पार्टी सरकारमा नजाने अडान लिएको हो ।

अहिले मधेस सरकारमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । अब गठबन्धन फेरिएपनि जसपाले मधेश सरकारको नेतृत्वको निरन्तरताको अडान लिएको सुनाए । अहिले यस प्रदेशमा सरोजकुमार यादव मुख्यमन्त्री छन् ।

त्यसबारे अध्यक्ष उपेन्द्र यादवको बालुवाटारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको बैठकमा पनि राखिसकेका छन् । नयाँ समीकरण बनेपछि आज एमाले, माओवादी र रास्वपाबाट एक-एक जना मन्त्रीले शप लिँदैछन् । तर, जसपाले आज मन्त्री नपठाउने एक नेताले बताए ।

ती नेताले भने, ‘यहाँको मात्रै कुरा छैन अब नयाँ समीकरण बनेपछि मधेस सरकारको पनि कुरा छ । त्यो नटुंगिकन हामीले सरकारमा मन्त्री आजै पठाउँदैनौं ।’

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष यादवलाई नै आग्रह गरिरहेका छन् । तर, जसपाले अहिले त्यसबारे निर्णय गरेको छ । नयाँ गठबन्धनमा भागबन्डा मिलाउन अध्यक्ष यादव सम्मिलित ४ सदस्यीय कार्यदलसमेत बनाएको छ । त्यसले नै अब संघदेखि प्रदेशसम्मको सबै भागबन्डा गृहकार्य गर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर