देशलाई सकारात्मक बाटोमा फर्काउन आज केही परिवर्तन गर्दैछौं : ओली (भिडिओ) – Nepal Press

देशलाई सकारात्मक बाटोमा फर्काउन आज केही परिवर्तन गर्दैछौं : ओली (भिडिओ)

‘एमालेलाई निर्णायक शक्ति बनाउन मिसन ०८४ को अभियान छोेड्दैनौं’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा परिवर्तन आवश्यक रहेको बताएका छन् । कांग्रेस नेतृत्वको गठबन्धन फुटाएर नयाँ समीकरण बनेपछि जीफन्टको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका ओलीले आज देशको परिस्थिती छिटोछिटो हिँड्न खोजेको बताए ।

उनले भने, ‘यहाँहरुलाई थाहा छ आज देशको परिस्थिति…आजको दिन चाहिँ आज अलिक छिटो छिटो हिँड्न खोजेको जस्तो लागिरहेको छ । त्यो भएर म यहाँ आउन पनि ढिला भयो । देशको परिस्थिति छिटो छिटो हिँड्न खोजेर ढिला भयो । त्यतापट्टि अल्यायो। अल्मलायो । देशमा परिवर्तन आवश्यक छ, हुन्छ । जेसुकै परिवर्तन भएपछि हामी मिसना ०८४ छाड्दैनौं। हामी एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य हो ।’

उनले मिसन ०८४ भनेको चुनाव जित्नको लागि मात्रै नभएको जिकिर गरे ।

उनले भने, ‘हामी एमालेलाई स्थापित निर्णायक तहमा विकास गर्दैछौं । त्यसको मापन के हो भने निर्वाचनबाट मात्रै हुन्छ । कति भोट कति सिट भन्ने कुराले कहाँनेर छ भन्ने कुरा निर्धारण गर्छ। त्यसले राष्ट्रिय शक्ति निर्णायक भयो भने राष्ट्रियताको रक्षा गर्छ। यथास्थितीवादी र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने देश अफ्ठ्यारोमा पर्छ ।

उनले छिटोछिटो परिवर्तन हुन खोजीरहेको राजनीति कति प्रभावकारी ढंगले अघि बढ्छ भन्नेमा भर पर्ने बताए ।

उनले थपे, ‘जे होस् आंशिक ढंगले देशको भताभुंग बिग्रिएको अवस्था छ । त्यस अवस्थाबाट सकारात्मक बाटोमा फर्किन्छ भन्ने विश्वास व्यक्ति गरेको छु । आज केही परिवर्तन हुन्छ । तपाईंहरुले यसो मोबाइलमा हेर्दै गर्नुभए हुन्छ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर