नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ (भिडिओ) – Nepal Press

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ (भिडिओ)

काठमाडौं । राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले शपथग्रहण गरेका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यहरुलाई शपथग्रहण गराएका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

गत माघ ११ गते सम्पन्न निर्वाचनले राष्ट्रिय सभाका १९ सदस्य निर्वाचित गरेको थियो । रिक्त रहेको एक जना सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन । राष्ट्रिय सभामा सत्तारूढ नेकपा (माओवादी केन्द्र) ठुलो दल बनेको छ ।

राष्ट्रिय सभामा माओवादी सदस्यको संख्या १७ पुगेको छ । त्यस्तै कांग्रेसका १६ सदस्य छन् । सथपपछि राष्ट्रिय सभाका सदस्यहरुले संविधान अनुसार कानून र नीति बनाउन ध्यान दिने बताएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष पदको निर्वाचन आगामी भने फागुन २९ गते गर्ने तयारी गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर