प्रचण्डको ब्रिफिङ- कांग्रेसले सहयोग गरेन, एमालेले ‘रियलाइजेसन’ गरेर आयो – Nepal Press

प्रचण्डको ब्रिफिङ- कांग्रेसले सहयोग गरेन, एमालेले ‘रियलाइजेसन’ गरेर आयो

राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिने एमालेसँग सहमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालनमा कांग्रेसले सहयोग नगरेपछि गठबन्धन फेर्न बाध्य भएको बताएका छन्।

नयाँ समीकरण बनाउनेबारे छलफल गर्नको लागि पार्टी नेताहरुसँग भएकाले छलफलमा गठबन्धन फेर्नुपर्ने कारण खुलाए।

सचिव गणेश शाहका अनुसार कांग्रेसबाट सरकारमा सहभागी अर्थमन्त्री डा. प्रकाशशरण महतले सहयोग नगरेको र मन्त्रिपरिषद् पुनर्गठन गर्न नमानेको बताए ।

उनका अनुसार स्थायी कमिटीको बैठकले गरेको निर्णयअनुसार कांग्रेस महासमिति बैठकबाट पारित गरेको दस्तावेज पनि कारण बनेको अध्यक्षले सुनाएको बताए ।

उनले भने, ‘एमालेले पनि वाम एकता र सहकार्य गराउनुपर्छ भनेर रियलाइजेसन गरेको हुनाले एमालेसँग मिलेर जाने, राप्रपाबाहेक सबैलाई समेटेर जाने भन्ने बिषयमा उहाँहरुबीच सहमति बनेको हो ।’

उनले केन्द्रमा नयाँ समीकरण बनेपछि प्रदेशमा पनि तरंग पर्ने बताए । उनले थपे केन्द्रको कुरा मिलिसकेपछि प्रदेश सरकारबारे पनि सहमति हुन्छ ।

उनले राष्ट्रिय सभाको अध्यक्ष माओवादीले नै लिने सहमति एमालेसँग भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर