आज सेयर बजारको लिडर हाइड्रोपावर समूह, तीन कम्पनीको सेयरमा सर्किट, – Nepal Press

आज सेयर बजारको लिडर हाइड्रोपावर समूह, तीन कम्पनीको सेयरमा सर्किट,

काठमाडौँ । सेयर बजार खुलेको २४ मिनेट भित्रै दुई पटक सकारात्मक सर्किट लाग्दा जलविद्युत समूह अगाडी देखिएको छ । तीन वटा जलविद्युतमा सकारात्मक सर्किट लागेको छ ।

समलिङ पावर कम्पनी, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र त्रिशूली जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको सेयर बजारलाई जलविद्युत समूहले लिड गरिरहेको छ ।

करिब दुई दर्जन (२० वटा) हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढिसकेको छ । अहिले नेप्सेमा दोस्रो सकारात्मक सर्किट ब्रेकर लागेर बन्द छ । नेप्से ५ प्रतिशतले बढेपछि फेरि दोस्रो सर्किट लागेको हो । दोस्रो सर्किट लाग्दा बजार ४० मिनेट पछि खुल्नेछ ।

नेप्से ९८.६९ अंकले बढेर २०५९ विन्दुमा पुगेको छ । सत्ता समीकरण बदलिने चर्चा सँगै सेयर बजारमा त्यसको असर देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर