राजनीतिमा नयाँ तरंग, दलहरू बिहानैबाट बैठकमा – Nepal Press

राजनीतिमा नयाँ तरंग, दलहरू बिहानैबाट बैठकमा

काठमाडौं । राजनीतिमा नयाँ तरंग उत्पन्न भएसँगै राजनीतिक दलहरु बिहानैदेखि बैठकमा जुटेका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहान ७ बजेदेखि बालुवाटार जारी छ भने नेकपा एमालेको सचविालय बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

त्यसैगरी, बालुवाटारमा सत्ता गठबन्धनको बैठक पनि बिहान ८ बजेदेखि बोलाएको छ ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वान टु वान वार्ता गरेका थिए । त्यस्तै, साँझमा महासचिव शंकर पोखरेलसहित ओली, प्रचण्ड र माओवादीका वर्षमान पुनलगायत नेताहरुबीच छलफल भएको थियो ।

छलफल सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा भएको भनिए पनि सत्तागठबन्धन परिवर्तन तथा नयाँ समीकरणबारे समेत छलफल भएको बताइएको छ । यस्तै, नयाँ राजनीतिक परिवेशलाई ध्यानमा राखेर दलहरुले आआफ्ना बैठक डाकेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर