टीआरसीमा छलफल गर्न भोलि बिहान पुनः कानून समितिको बैठक बस्ने – Nepal Press

टीआरसीमा छलफल गर्न भोलि बिहान पुनः कानून समितिको बैठक बस्ने

काठमाडौं । टीआरसीमा छलफल गर्न सोमबार बिहान पुनः प्रतिनिधिसभा अन्तर्गतको कानून समितिको बैठक बोलाइएको छ । आज बालुवाटारमा नेताहरुबीच सहमतिको संकेत भएकाले बैठक बोलाइएको नेकपा एमालेका सचेतक महेश बर्तौलाले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘पीडितको सन्दर्भमा हामीले उठाएका विषय पूरा गर्न सरकार केही लचक भएको छ । त्यसले सकारात्मक पथमा पुग्ला कि भन्ने छ’

बैठक भोलि बिहान ७ः४५ बजे बस्ने उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुसँग भेट गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर