बालुवाटारमा तारन्तार भेट : ओली दोस्रोपटक गए, रविलाई पनि बोलावट – Nepal Press

बालुवाटारमा तारन्तार भेट : ओली दोस्रोपटक गए, रविलाई पनि बोलावट

काठमाडौं । गठवन्धनमा आएको दरारबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अचानक राजनीतिक सक्रियता बढाएका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसित उनले दुईपटक भेट गरे ।

विहान एक्लै बालुवाटार गएर प्रधानमन्त्री भेटेका ओली बेलुका महासचिव शंकर पोखरेललाई लिएर गएका हुन् । भेटघाटको मुख्य विषयवस्तु टीआरसी भएको बताइएको छ । यद्यपि अन्य राजनीतिक विषयवस्तुमा पनि कुराकानी भएको अनुमान छ ।

लगभग एउटै समयमा रास्वपा अध्यक्ष रवि लामिछाने पनि बालुवाटर पुगेका थिए । टीआरसीकको टुंगो लगाउन बोलावट आएको भन्दै उनी एक्लै गएको पार्टी स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर