त्रिवि शिक्षण अस्पताल बाहिरबाट पुण्य गौतम र युवराज सफल पक्राउ – Nepal Press

त्रिवि शिक्षण अस्पताल बाहिरबाट पुण्य गौतम र युवराज सफल पक्राउ

काठमाडौं । शालीन पोखरेल मृत्यु प्रकरणमा पोस्ट मार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै विरोध गर्न पुगेका पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन् ।

उनीहरुलाई त्रिवि शिक्षण अस्पताल बाहिरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । दुवैलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।

आइतबार टिचिङ हस्पिटलले पोस्ट मार्टम रिपोर्ट चितवन प्रहरीलाई पठाएको थियो । रिपोर्टमा बलात्कार नभएको पाइएको र झुण्डिएकाे कारण मृत्यु भएको तथ्य टिचिङ अस्पतालले उल्लेख गरेको छ ।


प्रतिक्रिया

One thought on “त्रिवि शिक्षण अस्पताल बाहिरबाट पुण्य गौतम र युवराज सफल पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *