कांग्रेसले निजी क्षेत्रलाई सिध्याइदिएको ओलीको आरोप (भिडिओ) – Nepal Press

कांग्रेसले निजी क्षेत्रलाई सिध्याइदिएको ओलीको आरोप (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन् ।

आइतबार संसद भवनमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै ओलीले नेपालमा भएका केही उद्योगहरूलाई पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने जमानामै सकिदिएको बताएका हुन् । बाँसबारी छाला जुत्ता कारखाना र हेटौंडा कागज कारखाना चलाउनका लागि नकिनिएको ओलीको दाबी छ ।

उनले भने, ‘हामीले औद्योगिकीकरण गर्नुपर्नेछ । दुनियाँमा औद्यागिक क्रान्ति उहिल्यै चल्यो । हामीकहाँ दुईचार वटा उद्योग आएको पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने एउटा कुरा थियो । निजीकरण भनेर कांग्रेसले उहिल्यै सिध्यायो । निजी क्षेत्रलाई पनि सिध्याइदियो । हाम्रा जो उद्योगहरु थिए ति भ्रष्ट बनाइदियो । बाँसबारी छाला जुत्ता चलाउनका लागि किनेनन् । हेटौंडा कागज कारखाना चलाउनका लागि किनेनन् । अर्कै त्यसको जमिनको प्रयोजन, आदि इत्यादिका लागि किने र त्यहाँ कमिसनको एउटा फोहोरी काम भयो । अहिले हामी निजी क्षेत्रलाई वास्तवमा विकासको इन्जिन बनाउन चाहन्छौं । आर्थिक उन्नतिको इन्जिन बनाउन चाहन्छौं । इन्जिन बनाउने कसरी ? निजी क्षेत्रलाई भ्रष्ट बनाएर कमिसनतन्त्रको एउटा माध्यम बनाएर र उसलाई अलिकति कमाउन दिएर त्यसबाट हुने वाला होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर