कोटेश्वरमा ड्युटी गरिरहेका ट्राफिकका सईलाई बसले दियो ठक्कर, अवस्था गम्भीर – Nepal Press

कोटेश्वरमा ड्युटी गरिरहेका ट्राफिकका सईलाई बसले दियो ठक्कर, अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको कोटेश्वरमा ड्युटि गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।

बिहान ९ बजेर ४१ मिनेटमा कोटेश्वरबाट बालकुमारीतर्फ मोडिनेक्रममा बसले नायब निरीक्षक(सई) टोपबहादुर खत्रीलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका खत्रीको अन्नपूर्ण न्युरोमा उपचार भइरहेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रवक्ता जिवन श्रेष्ठले खत्रीको आईसीयूमा राखेर उपचार भइरहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर