पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित – Nepal Press

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा सम्पन्न महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

कुल ५११ मत खसेकोमा शर्माले ३२३ मत ल्याए भने उनका प्रतिस्पर्धी दिवाकर घिमिरेले १०२ र ऋषिराम शर्माले ८६ मत प्राप्त गरेका थिए । निर्वाचित अध्यक्ष शर्मा गुडविल पब्लिकेसन्सका सञ्चालक समेत हुन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, बुद्धिप्रसाद अधिकारी र सरोज मास्के, महासचिवमा विष्णुप्रसाद पौडेल, उप–महासचिवमा अर्जुनप्रसाद आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शम्भु लामिछाने साथै महिला सचिवमा कोपिला गिरि निर्वाचित भएका छन् ।

सहकोषाध्यक्षमा रविन बराल र लेखा संयोजकमा कृष्णराम कार्की निर्वाचित भएका छन् । राजधानीमा दुई दिनसम्म चलेको महाधिवेशनले लेखा समिति संयोजकमा कृष्णराम कार्कीलाई निर्वाचित गर्दै ३८ जनाको कार्यसमिती चयन गरेको हो ।

No description available.


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर