शालीनको पोस्टमार्टममा बलात्कार देखिएन, झुण्डिएर मृत्यु भएको रिपोर्ट टिचिङले दियो – Nepal Press

शालीनको पोस्टमार्टममा बलात्कार देखिएन, झुण्डिएर मृत्यु भएको रिपोर्ट टिचिङले दियो

काठमाडौं । चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको स्रोतले बतायो ।

गत १२ फागुनमा विद्यालयको छात्रावासको कोठामा शालिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले अस्पतालको विश्वास नभएको भन्दै दबाब दिएर शव त्यहाँबाट निकालि प्रहरीको रोहबरमा काठमाडौं ल्याएको हो ।

त्रिवि अस्पतालले आज पोस्टमार्टम रिपोर्ट प्रहरीलाई पठाएको स्रोतले बतायो । रिपोर्टमा मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको छ । यसले आत्महत्यातर्फ संकेत गर्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आत्महत्या भएको देखाएको छ । यद्यपि, सामाजिक सञ्जालमा बलात्कार र हत्या भन्दै प्रचारप्रसार भएपछि प्रहरी दबाबमा परेको थियो ।


प्रतिक्रिया

One thought on “शालीनको पोस्टमार्टममा बलात्कार देखिएन, झुण्डिएर मृत्यु भएको रिपोर्ट टिचिङले दियो

  1. बिश्वास लाग्दैन तर अस्पतालमा पोस्टमार्टम गर्दा बलात्कार नदेखिएको रिपोर्ट डाक्टरले दिएको हो भने बिश्वास गर्नैपर्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *