हङकङमा हुने टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा, काे- काे परे ? – Nepal Press

हङकङमा हुने टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा, काे- काे परे ?

काठमाडौं । काठमाडौं। हङकङमा हुने टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ(क्यानले आइतबार १४ सदस्यीय टिमको घोषणा गरेको हो।

टोलीमा पहिलो रोजाईका केही खेलाडीहरुलाई समावेश गरिएको छ। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलाई राखिएको छैन। रोहित पौडेल, कुशल भुर्तेल, विनोद भन्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ शेख, विवेद यादब, रसिद खान, करण केसी, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहरालाई हङकङ भ्रमणमा समावेश गरिएको हो।

हाल जारी टी-२० शृंखला खेलिरहेका अनिल शाह पनि टोलीमा छैनन्।

विश्वकपको तयारीका लागि नेपाली टोलीले हङकङमा खेल्न लागेको हो।नेपालले फागुन २६ (मार्च ९) देखि ३० गतेसम्म हङकङमा त्रिदेशीय टी-२० सिरिज खेल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर