टी-२० क्रिकेट शृङ्खलाः फाइनलमा पुग्न नेदरल्याण्ड्स र नामिबिया भिड्दै – Nepal Press

टी-२० क्रिकेट शृङ्खलाः फाइनलमा पुग्न नेदरल्याण्ड्स र नामिबिया भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा आज नामिबिया र  नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बिहान ११ः३० देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ ।

आजको खेलमा फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । फाइनलमा पुग्ने टीमले नेपालसँग खेल्नेछ । नेपाल शनिबार नेदरल्याण्ड्सलाई ६ विकेटले हराएर फाइनलमा पुगिसकेकाे छ ।

नेपाल र नेदरल्याण्ड्सको समान ४-४ अंक छ । रन रेटका आधारमा नेदरल्याण्ड्स पहिलाे स्थानमा छ भने नेपाल दाेस्राे स्थानमा छ ।

३ खेलमा १ जित हात पारेको नामिबिया अङ्क तालिकाको पुछारमा छ । आजको खेल हेर्नको लागि क्यानले नि:शुल्क गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर