लिभरपुलको रोमान्चक जित – Nepal Press

लिभरपुलको रोमान्चक जित

काठमाडौं । इङलिस प्रीमियर लिगमा लिग लिडर लिभरपुलले रोमान्चक जित दर्ता गरेको छ ।

नोटिंघम फरेस्टसँग भएको प्रतियोगितामा जितको लागि लिभरपुलले इन्जुरी समयको ९ मिनेटसम्म कुर्नुपर्‍याे । समग्रमा लिभरपुलले खेलको ९९ मिनेटमा फरेस्टलाई स्तब्ध तुल्याउँदै महत्वपूर्ण ३ अंक जोडन सफल भयो ।

लिभरपुलको लागि ९९ औं मिनेटमा डर्विनले गोल गर्दै क्लबलाई महत्वपूर्ण ३ अंक दिलाए ।

जितसँगै लिभरपुल ६३ अंकसहित लिगको पहिलो स्थानमा यथावत छ । लिभरपुलसँग पराजित फरेस्ट १५ अंकसहित रेलिगेसन क्षेत्रभन्दा एक स्थानमाथि अर्थात १७ औं स्थानमा छ ।

इपिएलमा आजै भएका अन्य खेलहरुमा वेस्ट ह्याम्पले एभर्टनलाई ३-१ ले पराजित गरेको छ भने फुलहमले ब्राइटोनबिरुद्ध ३-० को जित निकाल्यो ।

शनिबारै भएको अन्य खेलमा न्यु क्यास्टलले उल्फ लाई ३-० ले पराजित गर्दा टोटनह्याम्पले क्रिष्टल प्यालेसलाई ३-१ ले पराजित गरेको छ । आजै भएको अर्को खेलमा चेल्सी र ब्रेन्फ्रोट २-२ को बराबरीमा रोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर