दूरदृष्टिबाट डा. शेखर कोइराला र कांग्रेसको भावी नेतृत्व – Nepal Press
ब्लग

दूरदृष्टिबाट डा. शेखर कोइराला र कांग्रेसको भावी नेतृत्व

भारतमा गान्धी परिवार र कांग्रेस आई पार्टी एक अर्काका पर्यायवाची भए जस्तै नेपालमा पनि कोइराला परिवारबाट कांग्रेस अलग गर्दा कांग्रेसको इतिहास र वर्तमान अधुरो हुन्छ, भविष्यको कुरा भन्न सकिन्न । किनकि कोइराला परिवारको तेस्रो पुस्ताले कांग्रेसमा प्रभाव कायमै राखेका बेला चौथो पुस्ताबाट राजनीतिमा प्रभाव राख्ने कुनै सदस्य नेतृत्वमा आइसकेका छैनन् । कोइराला परिवारको विरासत फर्काउने ल्याकत अहिले प्रभाव राख्ने शेखर कोइरालाबाहेक अरुमा देखिन्न ।

बीपी, गिरिजा र सुशीलदेखिको परम्परागत कोइराला परिवारको विरासत, राजनीतिक सुझबुझ तथा सक्रियता, बाह्य सम्बन्ध, देशको सारा बेतिथि, अन्योल र निराशालाई केही हदसम्म भने पनि मलमपट्टी लगाउन सक्ने, दीर्घकालीन नेपालको विकासको पथ र समृद्धिको रेखा कोरी भविष्यको नेतृत्वको पिंढीलाई सहज बनाइ दिनसक्ने हिसाबले डा. शेखर कोइराला कांग्रेसको भावी नेतृत्वका लागि बलियो उम्मेदवार हुनुहुन्छ ।

भद्र, शालिन, शान्ति प्रक्रियामा योगदान गरेका, बौद्धिक, नैतिक, अनुशासित, शहीदको मर्म आत्मसात गर्ने, दूरदराजका जनताका आवाज सुन्न चाहने डा. शेखर कोइरालालाई अब भविष्यमा कांग्रेस सभापति बन्न ढोका बन्द गर्दा पार्टी अझै मिसन २०८४ मा तल खस्कने निश्चित देखिन्छ ।

प्रभावकारी मुद्दामा पुराना अनुहारले सशक्त भूमिका निर्वाह गर्न नसक्दा आमकार्यकर्ताले १५औं महाधिवेशनमा कांग्रेस नेतृत्वमा नयाँ अनुहारको परीक्षण खोजिरहेका छन् । इतिहास साक्षी छ,नेपाली कांग्रेसले मुलुकका राष्ट्रियस्तरका मुद्दामात्र होइन, गाउँघरका साना तर प्रभावकारी मुद्दाहरुमा पुराना अनुहारले सशक्त भूमिका निर्वाह गर्न नसक्दा आमकार्यकर्ताले कांग्रेस नेतृत्वमा नयाँ अनुहारको परीक्षण खोजिरहेका छन् ।

नेपाली कांग्रेसमात्र एउटा यस्तो पार्टी हो, जसले जनताका हरेक परिवर्तन चाहनामा आफूलाई समय सापेक्ष परिवर्तन गरेको छ र आउँदा दिनहरुमा पनि गर्ने नै छ । अहिले सक्षम नेतृत्वको अभावमा पार्टी आन्तरिक रुपमा कमजोर तथा नेतृत्वविहीनको अवस्थामा छ ।

नेपाली कांग्रेसले सबैजसो क्रान्ति र परिवर्तनलाई आत्मसात गर्दै आफूलाई जनभावनाअनुरुप उभ्याएको छ । २००७ सालमा राणाहरुको पञ्जाबाट राजा र जनतालाई मुक्त गर्न होस् वा २०१७ सालदेखिको पञ्चायती शासनकालको अन्त्य गर्दै बहुदलीय व्यवस्था ल्याउन कांग्रेसले नै नेतृत्व गरेकै हो । समय सापेक्ष जनताको परिवर्तनको चाहनालाई मूर्त रुप दिएकै हो ।

२०५२ सालपछि सशस्त्र द्वन्द्वलाई समाप्त पार्न, राजतन्त्रको समूल अन्त्य गर्न, धर्मनिरपेक्षता, संघीय गणतन्त्र स्थापना र संविधान लेखनमा कांग्रेसले जनता र मुलुकका पक्षमा नउभिएको भए अहिले पनि हामी आन्तरिक द्वन्द्वमा रुमलिइरहने थियौं वा कुनै परचक्रीको शासनमा थिचिने थियौं । नेपाली कांग्रेसमात्र एउटा यस्तो पार्टी हो, जसले जनताका हरेक परिवर्तन चाहनामा आफूलाई समय सापेक्ष परिवर्तन गरेको छ र आउँदा दिनहरुमा पनि गर्ने नै छ ।

अहिले सक्षम नेतृत्वको अभावमा पार्टी आन्तरिक रुपमा कमजोर तथा नेतृत्वविहीनको अवस्थामा छ । अब पार्टीलाई प्राण भर्न पनि १५औं महाधिवेशनमा नेतृत्व परिवर्तन आवश्यक छ । १५औं महाधिवेशन प्रतिनिधिमार्फत् ३ करोड नेपालीको विश्वासको नेता बनाउने वा छान्ने अवसर हो । १५औं महाधिवेशनमा नयाँ विचार, भिजन दिनसक्ने नेतृत्व कांग्रेसमा आयो है भन्ने पार्नुपर्नेछ ।

नेपालमा भइरहेका समस्यालाई सम्बोधन गर्नुपर्नेछ । पार्टीमा भइरहेका बेथिति दीर्घकालीन रुपमा अन्त्य गर्नुपर्नेछ । एक पक्षीय नभइ, गुटको पछि लागेर कसैलाई काखा र कसैलाई पाखा गर्दैन भन्ने विश्वास दिलाउन सक्ने नेतृत्व ल्याउनु परेको छ । समुन्नत नेपाल निर्माण गर्न परिवर्तित कांग्रेसको लागि जनविश्वासिलो नेतृत्व छान्नु नै नेपाली कांग्रेस कार्यकर्ताको लागि ठूलो परीक्षण हो । कांग्रेस नेतृत्व परिवर्तनको प्रशव वेदनामा छ । छटपटी छ । नेतृत्व परिवर्तन, त्यो पनि एउटा फ्रेस नेतृत्वको खोजीमा छ कांग्रेस । यसमा डा. शेखर कोइराला अहिलेको अवस्थामा उपयुक्त देखिनुहुन्छ ।

अर्को कुरा उनीसँग युवा टीम छ । ती युवाहरुलाई लिएर कांग्रेस रुपान्तरणको अभियानमा लागिरहेको हुनाले डा. शेखर कोइरालालाई नेपाली कांग्रेसको भावी सभापति बन्न रोकियो भने आउने महानिर्वाचनमा कांग्रेसप्रतिको जनविश्वास हवात्तै घट्ने देखिरहेछु म ।

समुन्नत नेपाल निर्माण गर्न परिवर्तित कांग्रेसको लागि जनविश्वासिलो नेतृत्व छान्नु नै नेपाली कांग्रेस कार्यकर्ताको लागि ठूलो परीक्षण हो । कांग्रेस नेतृत्व परिवर्तनको प्रशव वेदनामा छ । छटपटी छ । नेतृत्व परिवर्तन, त्यो पनि एउटा फ्रेस नेतृत्वको खोजीमा छ कांग्रेस । यसमा डा. शेखर कोइराला अहिलेको अवस्थामा उपयुक्त देखिनुहुन्छ ।

पुराना अनुहारप्रति कांग्रेसजनमा त्यति धेरै भरोसा छैन । किनकि विगतका आमचुनावमा कांग्रेसले भोगेको पराजय पुराना अनुहारहरुको रुप झल्किएको प्रस्ट देखिन्छ । हामी अत्यन्त संवेदनशील र जटिल भूराजनीतिक परिवेशबाट घेरिएका छौं । खल्बलिने खतरामा रहेको विदेश सम्बन्धलाई सन्तुलनमा ल्याउने र अन्तर्राष्ट्रिय समुदायको विश्वास एवं सद्भाव हासिल गर्न ठोस कदम चाल्न आवश्यक छ । त्यसको लागि परिपक्व पार्टीको शासन र पाका, भरपर्दा र दाग नलागेको नेता नेपाली कांग्रेस पार्टीभित्र ल्याउनु परेको छ ।

राष्ट्रियस्तरका मुद्दामात्र होइन, गाउँघरका साना तर प्रभावकारी मुद्दाहरुमा पुराना अनुहारले सशक्त भूमिका निर्वाह गर्न नसक्दा आमकार्यकर्ताले कांग्रेस नेतृत्वमा नयाँ अनुहारको परीक्षण खोजिरहेका छन् । बीपीको विचारलाई व्यवहारमै कार्यान्वयन गर्न आवश्यक छ । यस्तै पार्टीको भ्रातृ संगठनलाई आवधिक राख्न, समयमै केन्द्रीय विभागहरुको गठन गर्न आवश्यक छ ।

अझ महत्त्वपूर्ण कुरा त आउँदो तीनवटै निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउन, युवालाई आगामी नेतृत्व हस्तान्तरण गर्न र सरकार तथा सदनमा सशक्त नेतृत्व दिनसक्ने नेतृत्व ल्याउनु परेको छ । अहिलेको अवस्थामा त्यसको लागि परिपक्व पार्टीको शासन र पाका, भरपर्दा र दाग नलागेको नेता नेपाली कांग्रेसभित्र ल्याउनु आवश्यक छ । जसरी गान्धीवादी जीवन पद्धति, सोच र आन्दोलनले भारत स्वतन्त्र भयो, त्यसैगरी नेपालको संविधान कार्यान्वयन, समृद्धि र विकासको लागि शीर्ष नेतृत्व मृदुभाषी, वैचारिक, नैतिक, बौद्धिक, पाको र सादगी नेतृत्व ल्याउनु जरुरी छ ।

म नेपाली कांग्रेसबाहेक अरु पार्टीबाट नेपालको समृद्धि र विकास सम्भव देख्दिनँ । मेरो आँखा अगाडि डा. शेखर कोइराला मृदुभाषी, वैचारिक, नैतिक, बौद्धिक, पाका र सादगी देखिरहेछु । १५औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाको प्रस्ताव र महामन्त्री गगन थापाको समर्थनमा डा. शेखर कोइरालालाई कांग्रेस सभापति सर्वसम्मत बनाउँदा नेपाल र नेपाली कांग्रेसको भलो देखिरहेछु । यी वस्तुपरक यथार्थ हुँदाहुँदै डा. शेखर कोइरालालाई कांग्रेसको भावी सभापति नभए आउने महानिर्वाचनमा कांग्रेसप्रतिको जनविश्वास हवात्तै घट्ने देखिरहेछु म ।

(त्रिपाठी हाल बेलायतको राजधानी लण्डनमा छन् ।)


प्रतिक्रिया

One thought on “दूरदृष्टिबाट डा. शेखर कोइराला र कांग्रेसको भावी नेतृत्व

  1. Tripathi जी पनि नयाँलाई नकार्ने सोचकै देखिनु भयो। गगनहरु पो अगाडि बढ्नुपर्छ अब। पुरानो ब्यबस्थामा चलखेल गरेकाहरु र त्यो समयमा खाइखेली गरेकाहरुबाट अब नयाँ परिस्थिति सम्हालिंदैन भन्ने देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *