प्रधानमन्त्री प्रचण्ड र विप्लवसँग झलनाथ खनालले गरे छुट्टाछुट्टै भेट, के भयो कुराकानी ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच आज बिहान बालुवाटारमा भेटघाट भएको छ । भेटमा समसामयिक राजनीतिक विषय र आपसी हितका विषयमा कुराकानी भएको स्रोतले जानकारी दिएको छ।
आज साँझ खनाल र मोर्चाको संयोजक नेत्रविक्रमचन्द विप्लव सीबीच खनाल निवास डल्लुमा देशको वर्तमान अवस्थाको बारेमा, कम्युनिस्ट एकताको समस्या र सम्भावनाको बारेमा, देशको वर्तमान अवस्थाको बारेमा र अन्य समसामयिक विषयमा कुराकानी भएको थियो ।
बिहान प्रधानमन्त्रीसँग पनि भेटघाट भएको र अहिले साँझ पनि मोर्चाको अध्यक्ष नेत्रविक्रम विप्लवबीच भएको कुराकानीलाई अर्थपूर्ण ढंगले हेरिएको छ। पछिल्लो चरणमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल वामपन्थी एकताको पक्षमा खुल्ला रुपमा बहस गर्दै आएका छन्।