क्राइमियामा हान्न तयार गरेको कार बम निस्तेज बनाएको रुसी भनाई – Nepal Press

क्राइमियामा हान्न तयार गरेको कार बम निस्तेज बनाएको रुसी भनाई

काठमाडौं । सन २०१४ को जनमत संग्रहबाट रुसमा गाभिएको क्राइमियामा बिस्फोट तयारी गर्न लागेको कार बम निस्तेज बनाएको रुसले बताएको छ ।

रुसी विश्व च्यानल आरटीले दिएको समाचार अनुसार नेटो सदस्य देशले दिएका बिस्फोटक पदार्थबाट उक्त बम तयार गरिएको थियो । बम बोकेको कारलाई रुसी गुप्तचर अधिकारीहरुले रोकेको आरटीले उल्लेख गरेको छ ।

क्राइमिया र रुसको खार्सेम क्षेत्रको सीमाबाट कार पार गर्न लाग्दा रोकिएको रुसी अधिकारीहरुले बताएका छन् । रुसी अधिकारीहरुले शंका लागेर कारमा खानतलासी गर्दा चालकको आसन मुनी शंकास्पद बस्तु भेटिएर कार रोकिएको रुसी अधिकारीहरुले बताएका छन् ।

रुसको नियन्त्रणमा रहेको क्राइमियामा पटकपटक युक्रेनले हमला र हमला प्रयास गरिरहेको छ । गत वर्ष युक्रेनले क्राइमिसया पुलमा बम हानेको थियो । भत्केको पुल रुसले पुनः संचालनमा ल्याएको छ । हालसालै रुसी तथा जर्मनीमा मिडियाहरुले क्राइमिया पुल भत्काउने बारेमा जर्मनीका सैन्य अधिकारीले छलफल गरेको अडियो लिक भएको सार्वजनिक गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *