भूकम्पले ढालेको गरुढ मूर्ति पुनरुत्थापित – Nepal Press

भूकम्पले ढालेको गरुढ मूर्ति पुनरुत्थापित

काठमाडौँ । २०७२ सालको भूकम्पले ढालेको हिटीपोखरीको गरुढ प्रस्तर मूर्ति प्रतिरुत्थापित गरिएको छ ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा कार्यालय र स्थानीय सहभागितामा मूर्तिको आसन र मूर्ति पुनरुस्थापित गरिएको हो ।

यो काठमाडौँ महानगरपालिका वडा नं. १ मा पर्छ । ‘भूकम्पको कम्पनले पोखरी छेउमा रहेको फल्चा भत्कियो । यसले मूर्ति ढालेको थियो । मूर्ति पुनरुस्थापित भयो । अब फल्चा पुनःनिर्माण गराउँछौँ । वडाध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘परम्परागत हिटी, पोखरी र यससँग सम्बन्धित भौतिक संरचना पुनःस्थापना हाम्रो प्राथमिक काम हो ।’

मूर्ति राखेपछि पोखरीमा गहना थपिएको जस्तै भएको छ । वडा सदस्य शुभरत्न खड्गी भन्छन्, ‘काम ठूलो त होइन तर महत्व ठूलो छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *