महिला फुटबल टीम स्वदेश फर्कियाे, घाइते प्रिती र रश्मी ह्वीलचेयरमा (तस्बिरहरु) – Nepal Press

महिला फुटबल टीम स्वदेश फर्कियाे, घाइते प्रिती र रश्मी ह्वीलचेयरमा (तस्बिरहरु)

काठमाडौं । वाफ च्याम्पियनसिपको‌ उपविजेता नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता भएको छ । बिहिबार राति भएको फाइनल खेलमा जोर्डनसंग पराजित हुँदै उपविजेता बनेको नेपाली टोली शुक्रबार राति स्वदेश फर्किएको हो ।

टोलीलाई स्वागत गर्ने नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पन्कज नेम्वाङसहितको टोली विमानस्थल पुगेको थियो ।

वाफ च्याम्पियनसिपमा पहिलोपटक सहभागी भएको नेपाल फाइनलमा जोर्डनसग टाइब्रेकरमा पराजित भएको थियो ।

वाफ फाइनलमा चोट बोकेका प्रिती राई र रश्मीकुमारी घिसिङ ह्विलचेयरमा फर्किएका छन् ।

प्रीति र रश्मीले फाइनल खेलमा जोर्डनविरुद्ध घाइते भएका थिए । खेलाडीलाई स्वागत गर्न पुगेका एन्फा अध्यक्ष नेम्वाङले घाइते खेलाडीको सम्पूर्ण जिम्मा एन्फाले लिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *