क्युवाको लागि जासुसी गरेको अमेरिकी पूर्वराजदूतको स्वीकाराेक्ति – Nepal Press

क्युवाको लागि जासुसी गरेको अमेरिकी पूर्वराजदूतको स्वीकाराेक्ति

काठमाडौं । आफूले क्युवाको लागि जासुसी गरेको एक अमेरिकी पूर्वकूटनीतिज्ञले बताएका छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार बोलिभियाको लागि अमेरिकी राजदूत भइसकेका भिक्टर म्यानुएल रोचाले आफूले क्युवाको लागि जासुसी गरेको स्वीकारेका हुन् ।

७३ वर्षीय उनले सन् १९८१ देखि क्युवा सरकारलाई गोप्य सूचनाहरु चुहाएको स्वीकारेका हुन् । बिहीबार अमेरिकाको मिआमीमा उनले आफूले जासुसी गरेको स्वीकार गरेका हुन् ।

अमेरिकी अधिकारीहरुले रोचाले आफ्नो सम्पूर्ण कूटनीतिक सेवाको दौरानमा क्युवाको लागि जासुसीमा बिताएको आरोप लगाएका छन् । उनले क्युवाको राजधानी हवाना, अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा रहेर क्युवाको लागि जासुसी गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *