भरतपुरको विकासमा प्रधानमन्त्रीको भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ: रेनु दाहाल (भिडिओ) – Nepal Press

भरतपुरको विकासमा प्रधानमन्त्रीको भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ: रेनु दाहाल (भिडिओ)

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलेको भूमिकालाई जति प्रशंसा गरे पनि कम हुने बताएकी छन् ।

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात् दुइटै निर्वाचनबाट नेतृत्वको जिम्मेवारी प्रदान गरेपश्चात् भतरपुर महानगरको समृद्धि र विकासको नयाँ उभार सिर्जना भएको जिकिर गरिन् ।

 

उनले भनिन्, ‘महानगरको नेतृत्वलाई आर्थिक, नैतिक, वैचारिक एवम् हरेक क्षेत्रसहित नेपाल सरकार र बागमती सरकारलाई धन्यवाद दिन चाहन्छु । भरतपुरलाई उत्कृष्ट महानगरको रुपमा चिनाउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुलाई घुमाउनसक्ने योजना र पूर्वाधार निर्माणमा उल्लेखनीय भूमिका खेल्नेहरुप्रति आभार व्यक्त गर्दछौं । महानगरलाई आजको यो स्वर्णिम अवसरसम्म आइपुग्न सहयोग र चितवनको दिगो र आत्मनिर्भर विकासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले लामो समयदेखि अभिभावकीय भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ ।’

महानगर प्रमुख दाहाल प्रधानमन्त्री प्रचण्डकी छोरी हुन् । मेयर रेनुले बोलेर नभइ काम गरेर देखाउनुपर्छ भन्ने कुरा भरतपुरले प्रमाणित गरेको दाबी गरिन् ।

आर्थिक, पर्यटकीय, सामाजिक, धार्मिक, सांस्कृतिक विकासमा महानगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “भरतपुरको विकासमा प्रधानमन्त्रीको भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ: रेनु दाहाल (भिडिओ)

  1. बाउले छोरीको अनि छोरीले बाउको गुणगान गर्न आयोजना गरेको कार्यक्रम हो कि के हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर