वर्तमानदेखि सम्भवत: भविष्यका प्रधानमन्त्रीहरू एउटै मञ्चमा विरलै देखिन्छन् : रवि (भिडिओ) – Nepal Press

वर्तमानदेखि सम्भवत: भविष्यका प्रधानमन्त्रीहरू एउटै मञ्चमा विरलै देखिन्छन् : रवि (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको विकास र आगामी पुस्ताको भविष्यका लागि सबै शीर्ष नेताहरुलाई राष्ट्रिय मुद्दामा एकै ठाउँमा उभिन आग्रह गरेका छन् ।

भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आजको कार्यक्रमको उपस्थितिले आफैंमा राम्रो सन्देश बन्नसक्ने बताए ।

उनले भने, ‘विरलै देखिने देशका शीर्ष नेताहरु एउटै मञ्चमा, यो नेपाल जनताले एकदमै कम देख्ने दृष्य हो । देशको विकास र आगामी पुस्ताको भविष्यका लागि यो मञ्चका सबै नेताहरु राष्ट्रिय मुद्दामा एकैठाउँमा उभिन सकुन् । हामीले चाह्यौं भने सक्छौं। त्यहाँबाट हेर्दा यो मञ्च पावरफुल देखिन्छ होला । कति शक्तिशाली देखिन्छ हेर्नुस् त वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरु, सम्भवत भविष्यका प्रधानमन्त्रीहरु पनि सबै भएको। यत्रो ठूलो मञ्चमा कति ठूलो शक्ति छ । तर, त्यहाँ भन्दा जनतामा धेरै शक्ति छ। जुन दिन यहाँको शक्तिलाई त्यहाँको शक्तिले चिन्छ देशले मुहार फेर्नेछ ।’

समहोरोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी उपस्थित छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर