‘डिग्री माइला’ को क्लिप शेयर गर्दै विनोद चौधरीको यस्तो ठट्टा – Nepal Press

‘डिग्री माइला’ को क्लिप शेयर गर्दै विनोद चौधरीको यस्तो ठट्टा

काठमाडौं । अभिनेता दयाहाङ राई स्टारर चलचित्र ‘डिग्री माइला’ प्रदर्शनीको तयारीमा छ । रिलिज हुनुपूर्व नै चलचित्रको उच्च चर्चा भइरहेको छ । वैशाख १ गते प्रदर्शन हुने यो चलचित्रको ट्रेलरले नै दर्शकको ध्यान तानिरहेको छ ।

नेपाली अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरीले सोही ट्रेलरको एक क्लिप शेयर गरेका छन् । जहाँ सीजी ग्रुप र उनको प्रसंग छ ।

चौधरीले शेयर गरेको क्लिपमा दयाहाङ र माओत्सेको संवाद यस्तो छ-

दयाहाङ : सीजी ग्रुप सुन्या छौ ? चाउचाउ बनाउँछ नि ! यसले मलाई मासिक चार लाखको अफर गर्‍या थियो ।

माओत्से : तैंले किन खाइनस् त ?

दयाहाङ : चौधरी आफैं धनी छ, धनीमाथि धनी के बनौं ?

ठट्टाभावमा चौधरीले लेखेका छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ होलाजस्तै छ त दयाहाङजी, हैट !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर