संसदमै नभएका मान्छे असार १५ गते प्रधानमन्त्री बन्छु भन्दै हिँडेका छन् : ओली – Nepal Press

संसदमै नभएका मान्छे असार १५ गते प्रधानमन्त्री बन्छु भन्दै हिँडेका छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन ? भन्ने भन्न सकिने अवस्था नभएको बताएका छन् । सत्ता गठबन्धनमा खटपट बढिरहेको बेला ओलीले राजधानीमा आयोजित एक कार्यक्रममा अर्थपूर्ण अभिव्यक्ति दिएका हुन् ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको महाधिवेशनमा उनले भने, ‘सरकारमा हुँदा होस् वा नहुँदा होस् नेपालको अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न सकिँने अवस्था छैन । यहाँ संसदमा पनि नभएको पार्टी पनि नभएको एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँडेको छ । संविधानमा कुनै त्यस्तो व्यवस्था छैन । कानूनमा व्यवस्था छैन । के सपना देख्छ कुन मान्छेले भन्न सकिँदैन । राष्ट्रिय मान्यता प्राप्त नभएका दलका व्यक्ति प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुँने भन्ने पर्दो हो कि ? त्यस्तै लाग्छ । तर, एमाले त्यस्ताभित्र पर्ने होइन ।’

उनले एमाले एउटा इतिहास र जिम्मेवारी बोकेको आफ्नो देश बनाउने भिजन कार्यान्वयन गराउन सक्ने पार्टी भएको जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर