विश्व बैंकले नेपालका दुई परियोजनालाई २० करोड डलर ऋण दिने – Nepal Press

विश्व बैंकले नेपालका दुई परियोजनालाई २० करोड डलर ऋण दिने

काठमडौं । विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपालका २ वटा परियोजनाको लागि २० करोड डलर ऋण स्वीकृत गरेको छ । वित्तीय सुधारका लागि १० करोड डलर र प्रादेशिक तथा ग्रामीण सडक सञ्जाल मर्मत तथा सुधारका लागि १० करोड डलर ऋण विश्व बैंकले दिनेछ ।

विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि आवासीय निर्देशक फारिस हदाद जर्भोसले सेवा र पूर्वाधारको क्षेत्रमार्फत नयाँ परियोजनाहरूले नेपालका मानिसहरूको जीवनस्तर सुधारमा सहयोग पुर्‍याउने बताए ।

यस परियोजनाले जलवायु केन्द्रीत पूर्वाधार खर्च बढाउन, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प प्रवर्द्धनका लागि नेपालको न्यूनतम एफडीआई थ्रेसहोल्ड कम गर्न र एफडीआईको प्रक्रिया सुव्यवस्थित र स्वचालित गर्न पनि भूमिका खेल्ने विश्व बैंकको भनाई छ ।


प्रतिक्रिया

One thought on “विश्व बैंकले नेपालका दुई परियोजनालाई २० करोड डलर ऋण दिने

  1. ऋण लिएर गरेको बिकासले जनतालाई भारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर