बंगलादेशको व्यवसायिक भवनमा आगलागीः ४३ जनाको मुत्यु – Nepal Press

बंगलादेशको व्यवसायिक भवनमा आगलागीः ४३ जनाको मुत्यु

काठमाडौं। बंगलादेशको एक भवनमा भएको आलगालीमा परेर ४३ जनाको मृत्यु भएको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार बिहीबार राती १० बजे राजधानी ढाकाको भवनमा भएको आगलागीमा परेर ४३ जनाले ज्यान गुमाएका हुन् ।

आगलागीमा परेका ७५ जनाको उद्धार गरिएको बीबीसीले लेखेको छ । ४३ जनामा ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ भने १० जनाको ढाकाकै आगलागीको उपचार केन्द्रमा मृत्यु भएको हो ।

आगलागी भएको भवनमा लत्ताकपडाका देखी मोबाइल पसल तथा रेष्टुरेन्टहरू भएको बताइएको छ । आलो ग्यास चुहिएर अथवा स्टोभबाट सल्केको अनुमान गरिएको छ । बंगलादेशमा राम्रो अग्नी सुरक्षा सकर्तका नभएको तथा कमजोर पूर्वाधार भएको भन्दै आगलागीका घटनाहरु धेरै हुँदै आएको बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर