पुटिन भन्छन्, ‘पश्चिमा देशले युक्रेनमा सैनिक पठाए आणविक युद्ध हुनसक्छ’ – Nepal Press

पुटिन भन्छन्, ‘पश्चिमा देशले युक्रेनमा सैनिक पठाए आणविक युद्ध हुनसक्छ’

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुले युक्रेनमा सैनिक पठाएमा आणविक युद्ध हुनसक्ने बताएका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले पश्चिमा देशहरुले युक्रेनमा सैनिक पठाउन सक्ने भनेको सूचना सोमबार सार्वजनिक भएसँगै यस्तो बताएका हुन् ।

बिहीबार देशको नाममा सम्बोधन गरेका पुटिनले यस्तो भनेको अमेरिकी समाचार च्याल सिएनएनले उल्लेख गरेको छ । सिएनएनका अनुसार पुटिनले सांकेतिक रुपमा आणविक युद्ध हुनसक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘तीनलाई पक्कै थाहा हुनुुपर्छ कि हामीसँग पनि हतियार छन् । यो उनीहरुलाई जानकारी नै छ । म फेरि भन्छु उनीहरुको भूमिकै आक्रमण हुने खालका हतियार हामीसँग छन् ।’ रुसले नेटोलाई आक्रमण गर्न सक्ने चर्चामा भने पुटिनले ठाडै अस्विकार गरेका छन् । केहि समय अगाडि रुसले पोल्याण्डलाई आक्रमण गर्न लागेको हो भनेर अमेरिकी पत्रकार टकर काल्र्सनले सोध्दा पुटिनले भनेका थिए, ‘पोल्याण्डले आक्रमण गरेमा मात्रै त्यो संभव छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर