फ्रान्सका स्टार खेलाडी पोग्बालाई ४ वर्ष प्रतिबन्ध – Nepal Press

फ्रान्सका स्टार खेलाडी पोग्बालाई ४ वर्ष प्रतिबन्ध

हेटौंडा । फ्रान्सका स्टार खेलाडी पल पोग्बा ठूलो समस्यामा परेका छन् । प्रतिवन्धित औषधिको सेवन पुष्टि  भएपछि ४ वर्ष लामो प्रतिबन्ध लागेसँगै पोग्बाको खेल जीवन संकटमा परेको हो ।

इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर ३० बर्षीय पोग्बा अब ४ वर्षसम्म फुटबलको गतिविधिमा सम्लग्न हुन नपाउने भएपछि उनी सन्यासको तयारीमा रहेको अन्तर्राष्ट्रिय खेल मिडियाहरुले विश्लेषण गरेका छन् ।

फ्रान्सले २०१८ मा विश्वकप फुटबल जित्दाको महत्वपूर्ण खेलाडीका रुपमा रहेका पोग्बा गत सेप्टेम्बरमा भएको डोपिङ परिक्षणमा पोजेटिभ पाइएका थिए । डोपिङमा पोजेटिभ पाइएपछि उनी फुटबलबाट निलम्बित थिए ।

२०१८ को फाइनलमा क्रोयसिया विरुद्द गोल गरेका पोग्बालाइ बिहिबारबाट लागू हुनेगरि ४ वर्ष प्रतिबन्ध गरिएको हो । उनले प्रतिबन्ध विरुद्ध अपिल गर्ने, नगर्नेबारे आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट समेत लामो समयसम्म फुटबल खेलेका पोग्बाले सन्यास लिन्छ्न या प्रतिबन्ध विरुद्ध अपिल गर्छ्न यो भने केही समयभित्र थाहा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर