सिटिजन्स बैंकद्धारा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात – Nepal Press

सिटिजन्स बैंकद्धारा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसन लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु पस्कने क्रममा फोनपे नेटवर्क सँगको सहकार्यमा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको हो । यस सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारतीय एपमार्फत भुक्तनीगर्न सकिनेछ ।

हाललाई यस्तो सेवा भारतीय एप भिम र फोनपे एपमार्फत नेपाल स्थित सिटिजन्स बैंकका फोनपे क्यूआर मार्फत गर्न सकिने भए तापनि भविष्यमा बैंकको मोबाइल बैंकिङ्गएपमार्फत भारतमा समेत कारेवार गर्न मिल्ने व्यवस्था गर्न लागेको जनाइएको छ ।

यसका साथै सिटिजन्स बैंककै मोबाइल बैकिंङ्गbप्रयोग गरि भारतमा र भारतबाट सिटिजन्स बैंककाखातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका १९० शाखा, १५२ एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर