कुटपिट आरोपमा पक्राउ परेकी शर्मिला वाइबाको चार दिन म्याद थप – Nepal Press

कुटपिट आरोपमा पक्राउ परेकी शर्मिला वाइबाको चार दिन म्याद थप

काठमाडौं । हाँस्य कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी कथित अभियन्ता शर्मिला वाइबालाई ४ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले हिजोबाट लागू हुने गरी ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै म्याकुरीले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट वाइवालाई पक्राउ गरेको थियो ।

वाइबाविरुद्ध कुटपिट सम्बन्धी अभियोग दावी भएमा उनलाई अधिकतम ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ । मुलुकी अपराध संहिता २०७४ को दफा एक सय ९१ मा कुटपिट गरेमा हुने सजायबारे उल्लेख छ । वाइबा हाल महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर