खाना र पानी अभावमा गाजामा ६ बालबालिकाको मृत्यु – Nepal Press

खाना र पानी अभावमा गाजामा ६ बालबालिकाको मृत्यु

काठमाडौँ । इजरायली गोलाबारीमा परिरहेको प्यालेस्टाइनी भूमि गाजामा ६ बालबालिकाको खाना र पानी अभावमा ज्यान गएको छ ।

अलजजिराले प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका स्रोतलाई उद्धृत गरेर उक्त आँकडा प्रस्तुत गरेको छ । उत्तरी गाजामा खाना र पानीको अभावमा ती बालबालिकाहरूले ज्यान गएको बताइएको छ ।

कमल आदवान अस्पतालमा चार र अल सिया अस्पतालमा दुई बालबालिकाहरूको ज्यान गएको बताइएको छ ।

यस्तै अन्य धेरै बालबालिकाहरू यस्तै अवस्थामा रहेको पनि अलजजिराले उल्लेख गरेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले मानवीय सहायताको लागि विश्व समुदायसँग माग गरिरहे पनि इजरायली हमलाको कारणले सुनुवाइ भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर