मोल्दोबाबाट अलग भएको घोषणा गरेको क्षेत्रले माग्यो रुसी संरक्षण – Nepal Press

मोल्दोबाबाट अलग भएको घोषणा गरेको क्षेत्रले माग्यो रुसी संरक्षण

काठमाडौं। युरोपेली देश मोल्दोबाबाट अलग भएको घोषणा भएको एक क्षेत्रले रुसी संरक्षण माग गरेको छ । मोल्दोबाबाट अलग भएको घोषणा गरेको ट्रान्समिन्सट्रियाले यस्तो आग्रह गरेको हो ।

जर्मनीका विश्व च्यानल डिडब्लूका अनुसार बुधबार यस्तो आग्रह सार्वजनिक भएको हो । सन १९९० सेप्टेम्बर २ मा भएको जनमत संग्रहपछि उक्त क्षेत्रले स्वतन्त्रताको घोषणा गरेको हो । संयुक्त राष्ट्रसंघले भने यसलाई स्वतन्त्र देशको मान्यता दिएको छैन । झण्डै ४ हजार २०० वर्ष किलोमिटरको क्षेत्रफलमा फैलिएको यो क्षेत्र रुसी भाषी बाहुल्य भएको क्षेत्र हो ।

त्यहाँ रुसी संरक्षण माग गरिएसँगै रुस युक्रेन युद्धको प्रसंग यता मोडिने शंका गरिएको छ । रुसलाई संरक्षण गर्न आग्रह गरिएको समाचार रुसी विश्व च्यानल आरटीले प्राथामिकताकासाथ प्रकाशन गरेको छ । सन २००६ मा भएको जनमत संग्रहले रुसमा भागिने पक्षमा बहुमत दिएको थियो । युक्रेनका क्राइमिया देखि डोनबास क्षेत्रले जनमत संग्रह गरेरै रुसमा गएका नजिर हेर्नेहरुले यसलाई पनि त्यहि आँखाले हेर्न थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर