चर्को आलोचनापछि प्रहरीले हटायो संसदभवन, सिंहदरबार र बालुवाटारमा टाँगेको डोरी – Nepal Press

चर्को आलोचनापछि प्रहरीले हटायो संसदभवन, सिंहदरबार र बालुवाटारमा टाँगेको डोरी

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसदभवन, सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी हटाएको छ । बुधबारराति प्रहरीले तीन वटै ठाउँको फुटपाथमा टाँगेको डोरी हटाएको हो ।

डोरी हटाएपछि अहिले फुटपाथमा हिँड्न खुला गरिएको छ । गत सोमबार लघुवित्तऋणीहरु संसद भवनभित्र छिरेपछि प्रहरीले मंगलबार त्यसवरपर हिँड्न समेत निषेध गराई डोरी टाँगेको थियो ।

सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै सिंहदरबार वरपरको फुटपाथ र बालुवाटारको फुटपाथमा डोरी टाँगेर हिँड्न रोक लगाएको थियो । फुटपाथमा हिँड्न रोक लगाएपछि सर्वसाधरण जोखिम मोलेरै सडकबाटै हिँडडुल गरिरहेका थियो ।

फुटपाथमा हिँड्न नदिएको भन्दै चर्को आलोचना भएपछि बुधबार साँझ सबै ठाउँको डोरी हटाएर सर्वसाधरणलाई हिँडडुल गर्न खुला गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर