छैठौं राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताः बिहीबार २१ खेल हुने – Nepal Press

छैठौं राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताः बिहीबार २१ खेल हुने

रुपन्देही । मंगलवारदेखि बुटवलमा जारी छैठौं राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता–२०८० अन्तरगत विहीवार २१ वटा खेल हुनेछ । दोस्रो दिन बुधवार मेन्स सिगलतर्फ अन्तिम आठको टुंगो लागेको छ ।

दोस्रो दिन खेलाइएका ३४ खेलमा जित निकाल्दै रितिक राना, प्रदिप खड्का, आर्यन गिरी, प्रनव मानन्धर, प्रनव खनाल, निशान श्रेष्ठ, आशिष खड्का, सक्षम भुषण अन्तिम आठमा प्रवेश गरेका छन् ।

देविनगरस्थित लनटेनिस कोर्टमा भएको खेलमा प्रदिप खड्काले दर्शिल श्रेष्ठलाई ६–२, ७–५, आर्यन गिरीले नेहालजंग थापाले ६–३, ६–०, प्रनव मानन्धरले आयुषमान गोललाई ६–०, ६–०, प्रनव खनालले निश्चल कायस्थलाई ६–०, ६–२, निशान श्रेष्ठले विष्णु नेपालीलाई ६–१, ६–३, आशिष खड्काले सास्र्थ बज्राचार्यलाई ६–२, ६–३, सक्षम भुषण शाहले युगान शेर्पालाई ६–१, ६–३, रितिक रानाले बिबेक गर्बुजालाई ६–३, ६–१ को सेटमा जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन ।

यसैगरि ३५ प्लस मेन्स सिगलमा कमल भण्डारीले अभिषेक पाठकलाई ६–०, ६–०, राजन पौडेलले चुम बहादुर शाहलाई ६–३, ६–२, सन्जय श्रेष्ठले बिकास पाण्डेलाई ६–२, ६–०, सिमान्त गुरुङले सब्बर मियालाई ६–०, ६–१, अनिल शाहीले सागर थापालाई ६–०, ६–१, नबिन श्रेष्ठले सन्दिप लामालाई ६–०, ६–२, सोम रानाले विकास गुरुङलाई ६–३, ६–२, सन्तोष खत्रीले सोबित गौचनलाई ६–२, ६–३, विकास गुरुङ र पदम गुरुङको जोडीले राज गुरुङ र केबी तामाङको जोडीलाई ६—४, ६—४ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन ।

यसैगरि ३५ मेन्स डबल्समा अनिल शाही र सिमान्त गुरुङको जोडीले सोम राना र सोबित गौचनको जोडीलाई ६–२, ६–३, राजन पौडेल र नबिन श्रेष्ठको जोडीले सोम बहादुर शाह र सन्दिप लामाको जोडीलाई ६–१, ६–०, सन्तोष खत्री र सन्जय श्रेष्ठको जोडीले अभिषेक पाठक र रिश्चल थापाको जोडीलाई ६–२, ६–० को सेटमा सेमीफाइनल प्रवेश गरेका छन् ।

उता ४५ प्लस मेन्स सिगलमा रोहित सुनुवारले किम जि मनलाई ६–४, ६–२, कमल भण्डारीले रामु बिकलाई ६–०, ६–०, माधव भण्डारीले अर्जुन गुरुङलाई ४–६, ६–२, १०–४, गोपी भट्टराइले सरण गुरुङलाई ४–६, ६–२, १०–८ को सेटमा जित निकाल्दै सेमीफाईनलको यात्रा तय गरेका छन । ५५ प्लस मेन्स सिगल बिमल गुरुङले विष्णु बहादुर थापालाई ६–०, ६–०, चन्द्र शाहीले बिनोद कायस्थलाई ६–२, ६–२, विष्णु हमालले हर्क गुरुङलाई ६–२, ६–०, राजु श्रेष्ठ वाकओभर पाउँदै अन्तिम चारमा प्रवेश गरेका छन् ।

यसैगरि ४५ प्लस मेन्स डबल्समा गोपी भट्टराई र धर्मा लामिछानेको जोडीले किम जी मन र तेज लीको जोडीलाई ६–२, ७–५, शरण गुरुङ र बिकास गुरुङको जोडीले माधव भण्डारी र लोक गुरुङको जोडीलाई ६–१, ६–१, रोहित सुनुवार र जोली टार्जनको जोडीले राज गुरुङ र पदम गुरुङको जोडीलाई ६–३, ६–४, सुर्दशन बिष्ट र हिमाल शाहीको जोडीले छेवाङ लामा र अर्जुन गुरुङको जोडीलाई ७–६, ३–६, १०–५ को सेटमा जित निकाल्दै सेमीफाईनलमा प्रवेश गरेको टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेले बताए ।

यसैगरि ५५ प्लस मेन्स डबल्स बिमल गुरुङ र हिमाल शाहले बिष्णु चापागाइ र अब्दुल सलामतलाई ६–१, ६–२, चन्द्र शाही र जली टार्गेनको जोडीले मनोज राना र ध्रव गुरुङको जोडीलाई ६–०, ६–४ को सेटमा पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेका छन् ।

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा रुपन्देही लनटेनिस संघको आयोजनामा देविनगर लनटेनिस कम्प्लेक्समा रहेका ४ वटा कोर्टमा भैरहेको प्रतियोगिता अन्तरगत विहीबार २१ वटा खेलहरु हुनेछन् ।

प्रतियोगिता फागनु १९ गतेसम्म चल्ने संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए । प्रतियोगिताको पुरुष÷महिला सिगलतर्फ उपाधि विजेताले नगद ६० हजार तथा उपविजेताले नगद ३० हजार तथा तृतीय दुई जना खेलाडीलाई जनही २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने ज्ञवालीले छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर