दार्जिलिङकी सोसल मिडिया इन्फ्लुयन्सरसित दुर्गेशले खेले म्युजिक भिडिओ – Nepal Press

दार्जिलिङकी सोसल मिडिया इन्फ्लुयन्सरसित दुर्गेशले खेले म्युजिक भिडिओ

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापा र भारतका सोसल मिडिया इन्फ्लुयन्सर नवश्रीको नेपाली म्यूजिक भिडिओको पोस्टर सार्वजनिक भएको छ । बुधबार दार्जिलिङकी नवश्री र दुर्गेशको ‘रुपकी रानी शेरको राजा’को म्युजिक भिडिओको पोस्टर सार्वजनिक भएको हो ।

नवश्री दार्जिलिङकी बासिन्दा हुन् । उनी आफ्नी आमासँग दार्जिलिङकीमै बस्छिन् । बाल्यकालदेखि नै अभिनयमा झुकाव राख्ने नवश्रीले १४ वर्षको उमेरमै ‘प्लानेट मिस इन्डिया वर्ल्ड २०१८’ को उपाधि हात पारेकी थिइन् ।

रिलिजको तयारीमा रहेको भिडिओमा राजकुमार थापा र प्रकाश कँडेलले खलनायकको भूमिका निर्वाह गरेका छन् । गीतमा भने कृष्ण केसी र सदिक्षा केटलले स्वर भरेका छन् । कृष्ण केसीको संगीत संयोजन रहेको गीतलाई एचबीएन रेकर्डिङ स्टुडियोमा रेकर्ड र मिक्सिङ गरिएको हो ।

भिडिओलाई अजय रेडमीले खिचेका छन् । क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको भिडिओलाई क्रान्ति केसी र देवराज सापकोटाले मिलेर कोरियोग्राफी गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर