अदानचुली गाउँपालिकाकी पूर्व उपाध्यक्ष रावलसहित ११ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा – Nepal Press

अदानचुली गाउँपालिकाकी पूर्व उपाध्यक्ष रावलसहित ११ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन उपाध्यक्ष सौमती रावलसहित ११ जना विरुद्ध भ्रष्ट्राचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले उक्त गाउँपालिकाका उपाध्यक्ष रावलसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे, वडाध्यक्ष, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत गरेर ११ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनीहरूले गाउँपालिकाको वडा नम्बर तीन स्थित ढकनीकुनादेखी मुढेघट्टसम्म सिँचाई योजनामा अनियमितता गरेको उजुरी परेपछि आयोगले अनुसन्धान गर्दा ४२ लाख २९ हजार ३५८ रुपैयाँ भ्रष्ट्राचार गरेको अभियोगमा मुद्दा दायर गरिएको आयोगका सहसचिव नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार उपप्रमुख रावल, अनुगमन समिति सदस्य मानबहादुर टमटा र धनसरा टमटाले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाई निर्माण योजनाको अनुगमन गरी फिल्डमा वास्तविक भएको भन्दा बढी काम सम्पन्न भएको भनेर गलत प्रतिवेदन पेश गरेर भ्रष्ट्राचार गरेको भन्दै जरिवाना तथा कैद सजायको माग गरिएको छ ।

उपाध्यक्ष रावल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएकी थिइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *