कुशल शून्यमा आउट भएकोबारे प्रशिक्षक मोन्टीको प्रतिप्रश्न- दुई खेलअघि उनै हाम्रो लागि लडेका होइनन् ? (भिडिओ) – Nepal Press

कुशल शून्यमा आउट भएकोबारे प्रशिक्षक मोन्टीको प्रतिप्रश्न- दुई खेलअघि उनै हाम्रो लागि लडेका होइनन् ? (भिडिओ)

काठमाडौं। प्रमुख प्रशिक्षक मोन्टी देशाईले प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल लगातार दुई खेलमा शून्यमा आउट भएकोमा उनको बचाउ गरेका छन्।

उनले खेल पत्रकारको जिज्ञासामा प्रति प्रश्न गर्दै भने, ‘दुई खेल अगाडि तीनै खेलाडी हाम्रा लागि लड्दै थिएन हैन ? कुशल क्लास प्लेयर हुन्। वर्ल्ड क्लास प्लेयरहरू पनि सुरुका केही बलमा थुप्रै पटक आउट भएका छन्।’

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाका सुरुका दुवै खेलमा प्रारम्भिक ब्याट्सम्यान कुशल खाता खोल्न असफल भएका हुन्।

दुवै खेलमा नेपाल विशाल लक्ष्य पछ्याउँदै थियो तर कुशल पहिलो ओभरमै आउट भए। प्रशिक्षक मोन्टीले सुरुका केही बल खेल्न हरेक ब्याट्सम्यानलाई गाह्रो हुने संकेत गरेका हुन्।

कुशलले विश्वकप लिग-२ को अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध दुई खेल अघि ६६ रन बनाएका थिए। उनी नेपालका लागि खेलेका पछिल्ला ७ खेलमा तेस्रो पटक शून्यमा आउट भएका हुन्।

मोन्टीले विश्वकपको प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याट्सम्यानले उत्साहजनक प्रदर्शन गरेको बताए।

‘हामीले विश्वकपको प्रतिद्वन्द्वीसँग लक्ष्य पछ्याउँदा जसरी खेल्यौँ त्यो निकै राम्रो छ। दुर्भाग्य हामी २ रनले हार्‍यौँ । तर यति बेला हामी विश्वकपको तयारीमा भएकाले सिकिरहेका छौँ’, उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर