निषेधित क्षेत्र पस्न खोजेका महतोसहितका प्रदर्शनकारीसँग प्रहरीको घम्साघम्सी (तस्बिरहरू/भिडिओ) – Nepal Press

निषेधित क्षेत्र पस्न खोजेका महतोसहितका प्रदर्शनकारीसँग प्रहरीको घम्साघम्सी (तस्बिरहरू/भिडिओ)

काठमाडौं । लोसपा छाडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ घोषणा गरेका नेता राजेन्द्र महतोसहितका प्रदर्शनकारीसँग प्रहरीको घम्साघम्सी परेको छ । दलबलसहित माइतीघरको निषेधित क्षेत्र तोड्न पुगेका उनीहरूलाई सिंहदरबारको मूल गेटअगाडि भद्रकाली मन्दिर परिसरमा प्रहरीले रोकेको हो ।

घेरा तोड्न खोज्दा महतोसहितका नेता-कार्यकर्तालाई प्रहरीले लछारपछार गरेको सोक्रममा केही घाइते भएका छन् ।

२०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबीचको ८ बुँदे सम्झौता कार्यान्वयन गराउन दबाबस्वरूप महतो निषेधित क्षेत्र तोड्न पुगेका थिए ।

अभियानको उपत्यका विशेष ब्युरोको आव्हानमा कालो ब्यानरसहित अघि बढेको महतो नेतृत्वको टोलीलाई छेक्न सुरक्षाकर्मी व्यापक परिचालन गरिएको थियो ।

र्‍यालीमा निस्कनुअघि महेश्वरी भवन कमलपोखरीमा महतोले कार्यकर्तालाई आफ्नो अभियानको रणनीति साथै भावी योजनाबारे प्रशिक्षण गरेका थिए ।


प्रतिक्रिया

One thought on “निषेधित क्षेत्र पस्न खोजेका महतोसहितका प्रदर्शनकारीसँग प्रहरीको घम्साघम्सी (तस्बिरहरू/भिडिओ)

  1. दिल्लीका दलालहरूलाई डण्ठा हान्न अझै पुगेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर