ओली भन्छन्- एमाले ‘मिसन ८४’ मा छ – Nepal Press

ओली भन्छन्- एमाले ‘मिसन ८४’ मा छ

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन-८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ छ ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप लगाए । कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको उनको भनाइ छ ।

ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरूले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । फरक प्रसंगमा उनले एमाले सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको पनि स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर