बालकृष्ण नेपाल बचाउ अभियानमा तेह्रथुम सरोकार समाज – Nepal Press

बालकृष्ण नेपाल बचाउ अभियानमा तेह्रथुम सरोकार समाज

काठमाडौं । तेह्रथुम म्याङ्लुङ नगरपालिका वडा नम्बर ७ जिरिखिम्ति स्थायीवासी लक्ष्मी भट्टराई नेपालका एकल सन्तान बालकृष्ण नेपालको बचाउमा तेह्रथुम सरोकार समाजले सार्वजनिक अपिल गरेको छ ।

समाजको सामाजिक संजालबाट यस्तो आग्रह गरिएको हो । हाल काठमाडौंको मित्रपार्कमा बसेर मजदुरी गरिरहेका बालकृष्ण नेपालको मोरङको विराटचोक नजिक भएको दुर्घटनाको उपचारमा रकम अभाव भएपछि समाजले यस्तो आग्रह गरेको हो ।

गत फागुन ७ गते दुर्घटनामा परेका नेपालको उपचार हाल विराटनगरको आर्या न्यूरो अस्पतालमा भइरहेको छ ।

फागुन १५ गतेसम्म मात्रै उपचार खर्चमा साढे नौ लाख लागिसकेको र हरेक दिन खर्च बढ्ने भन्दै आमा तथा आफन्तले उपचारको लागि सहयोग गर्न सार्वजनिक अपिल गरेका हुन् ।

अपिलमा पुकार कार्कीको नाममा रहेको नबिल बैंकको खाता नम्बर १०११००१७५०५३२२ मा सहयोग गर्न आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *