नेपाललाई दोस्रो झट्का, आसिफ ३४ रन बनाएर आउट – Nepal Press

नेपाललाई दोस्रो झट्का, आसिफ ३४ रन बनाएर आउट

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमाएको हो । आसिफ ३४ रन बनाएर आउट भए । नवौँ ओभरको पहिलो बलमा आसिफ स्पम्पिङ भएका हुन् । यससँग आसिफ शेख र कप्तान रोहित पौडेलको ६५ रनको साझेदारी अन्त्य भएको छ ।

रोहित २९ रन बनाएर क्रिजमा छन् । यसअघि पहिलो विकेटको रूपमा नेपालले ओपनर कुशल भुर्तेललाई शून्य रनमा गुमाएको थियो । पहिलो ओभरको चौथो बलमा भुर्तेल डक आउट भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर