साम्बाले वाफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने – Nepal Press

साम्बाले वाफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा ले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन् ।

फ्रान्स क्लबमा आवद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध बिहिवार राति हुने फाइनल खेल गुमाउने भएकी हुन् ।

क्लबसँगको सम्झौताअनुसार खेलाडीलाई फिफा विन्डो मितिहरूमा आयोजित प्रतियोगिता र टूर्नामेंटहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्न अनुमति दिन्छ ।

फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । तर, फेब्रुअरी २९ मा हुने फाइनल फिफा विन्डो भित्र नपर्ने हुँदा साम्बाले फाइनल खेल गुमाउने छिन् ।

नेपाल फुटबल संघ (एन्फा) ले साम्बा फाइनल खेलमा उपस्थित नहुने जानकारी गराएको हो । ‘सावित्रा जोर्डनविरुद्धको फाइनलका लागि राष्ट्रिय टोलीमा छनोटका लागि उपलब्ध नहुने स्पष्ट पार्न चाहन्छौं। यसबाट हाम्रा फ्यानहरूमा निम्त्याउन सक्ने निराशालाई हामी स्वीकार गर्छौं र सावित्राको अनुपस्थिति निस्सन्देह महसुस हुनेछ भनी बुझ्छौं,’ एन्फाले सामाजिक सन्जालमा लेखेको छ।

साम्बा आवद्ध रहेको ग्वेंगाम्पले फ्रान्सेली लिगमा दशौं स्थानमा छ । ग्वेंगाम्पले मार्च २ अर्थात आउँदो एघारौं स्थानको क्लबसँग शनिबार खेल्दैछ । यो खेलमा जित निकालेको खण्डमा ग्वेंगाम्प रेलिगेसनबाट जोगिने सम्भावना उच्च हुन्छ ।

त्यसकारण यो खेल ग्वेंगाम्पका लागि महत्वपूर्ण हुनेछ । फाइलन खेल खेलेर शनिबार हुने खेलमा उपलब्ध हुन नसक्ने भएपछि क्लबले साम्बालाई फाइलनअघि नै फिर्ता बोलाएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर