नेदरल्यान्डविरुद्ध नेपालको दुई परिवर्तन, प्रतिश र ललित टिममा फर्किए – Nepal Press

नेदरल्यान्डविरुद्ध नेपालको दुई परिवर्तन, प्रतिश र ललित टिममा फर्किए

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले दुई परिवर्तन गरेको छ ।

नेपालले विवेक यादव र अभिनास बोहरालाई बेन्चमा राख्दै प्रतिश जिसी र ललित राजवंशीमा टिममा फर्काएको छ ।
नामिबियाविरुद्ध विवेक र अभिनासले राम्रो प्रदर्शन गर्न सकिना थिएनन् ।

टियु क्रिकेट मैदानमा नेदरल्यान्डविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, प्रतिश जिसी, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर